अर्थमन्त्री र गभर्नरले अर्थतन्त्र लयमा फर्किन थाल्यो भनेपछि सेयर लगानीकर्ताको आत्मबल पनि बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अर्थमन्त्री र गभर्नरले अर्थतन्त्र लयमा फर्किन थाल्यो भनेपछि सेयर लगानीकर्ताको आत्मबल पनि बढ्यो

काठमाडौं : पुँजी बजार बिहीबार सकारात्मक देखिएको छ । नेप्से सूचक ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा आएको छ । १ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । धौलागिरी लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अर्थतन्त्रको बागडोर सम्हालेका व्यक्तिहरुले अब मुलुकको अर्थतन्त्र सही ट्रयाकमा जान लागेको अभिव्यक्ति दिएपछि बजारले पनि सोही अनुसार सकारात्मक प्रतिक्रिया दिएको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकै स्वरमा अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको बताएका थिए ।

अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रमा संकट छ भन्ने नबुझ्ने मानिसले मात्र हो भनेर स्पष्टरुपमा अर्थतन्त्र सकारात्मक बाटोमा लागेको दाबी गरेका छन् । यस्तै, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालको अर्थतन्त्र अब संकटबाट बाहिर आएको बताए । केही चुनौतीहरु बाँकी रहे पनि समग्र अर्थतन्त्रमा सुधार भएको छ, संकटको अवस्था छैन, उनले भने । 

Read More
  • EBL Ad news