बोनस दिएर पूँजी बढाउने लाइनमा विकास बैंक, राष्ट्र बैंकले नगद वितरण गर्ने बाटो खोलेपनि बोनसमा जोड दिँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बोनस दिएर पूँजी बढाउने लाइनमा विकास बैंक, राष्ट्र बैंकले नगद वितरण गर्ने बाटो खोलेपनि बोनसमा जोड दिँदै

विकास बैंकहरु बोनस शेयर दिएर पूँजी बढाउने पक्षमा देखिएका छन्। अहिले विकास बैंकहरुले नगदभन्दा बढी बोनसमा जोड दिन थालेका हुन्।

गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्ने तीन विकास बैंकमा दुई बैंकले बोनस शेयरमा जोड दिएका छन्। उनीहरुले कर तिर्न नगद मात्र दिएर अरु बोनस शेयर दिने घोषणा गरेका छन्।

 

गरिमा विकास बैंकले १३ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत बोनस नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस्तै साइन रेशुङ्गा डेभलपमेन्ट बैंकले १३.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको छ। यता लुम्बिनी विकास बैंकले भने ९ प्रतिशत नगद र ३ प्रतिशत मात्रै बोनस दिने भएको छ।

यसबाहेकका अन्य विकास बैंकहरु पनि यस वर्ष बोनसमा बढी जोड दिने तयारीमा छन्। उनीहरुले आफ्नो पूँजी बढाउनको लागि नगदभन्दा बोनस शेयरमा जोड दिएका हुन।

कोरोनाको समयमा केन्द्रिय बैंकले नगद लाभांश वितरणमा कडाई गरेको थियो। सो समयमा कुल लाभांशको ३० प्रतिशत मात्रै नगद वितरण गर्न पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको थियो। जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु बोनस शेयरमा नै केन्द्रित भएका थिए।

तर कोरोनाको असर कम हुँदै गएपछि चालु आर्थिक वर्षदेखि नगद लाभांशमा गरिएको कडाइ हटिसकेको छ। तर पनि बैंकहरु भने अझै नगद लाभांश भन्दा बोनस शेयरमा नै केन्द्रित भएको देखिन्छ।

Read More
  • EBL Ad news