नबिल बैंकको सम्पूर्ण शेयर बेचेर बंगलादेशको आइअफआइसी बैंक बाहिरिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको सम्पूर्ण शेयर बेचेर बंगलादेशको आइअफआइसी बैंक बाहिरिने

नबिल बैंकको विदेशी साझेदार बंगलादेशको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिने भएको छ । बंगलादेशको ढाकामा रहेको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सम्पूर्ण शेयर बिक्रि गर्ने भएको हो ।

नबिल बैंकको संस्थापक शेयरधनी बंगलादेशको International Finance Investment and Commerce Bank Limited (IFIC Bank) ले आफ्नो नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । आइअफआइसी बैंकले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न नबिल बैंकमा निवेदन दिएको थियो।

Read More