६४ कम्पनीको सेयर मूल्य बढ्दा १२४ को घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६४ कम्पनीको सेयर मूल्य बढ्दा १२४ को घट्यो

काठमाडौँ — बुधबार सेयर बजारमा मूल्य बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको संख्या करिब दोब्बर रहेको छ । कुल ६४ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो । मूल्य बढ्ने कम्पनीमध्ये पनि ग्रिनलाइफ हाइड्रोपावर र खप्तड लघुवित्त सबैभन्दा अगाडि रहे । ती कम्पनीको ४ प्रतिशतले सेयर मूल्य बढेको छ । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.४ प्रतिशतले घट्यो । 

समग्र सेयर बजारको परिसूचक नेप्से भने झिनो अंकमा रातो रह्यो । नेप्से ३.५ अंकले घटेर १९४९ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा ८४ करोड २६ लाखमा खुम्चिएको छ ।

Read More
  • EBL Ad news