राधी विद्युत कम्पनी लिमिटेडले कार्तिक २९ गतेबाट मंसिर ८ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू खाेलिएकाे छ । लिलामी सेयरमा परेका बोलपत्रहरू आज मंसिर १४ गते, बुधबार मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा बिहान ८ बजे खोलिएको हो ।
उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भइसकेको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा १ सय ९५ रूपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । अधिकतम बिड २ सय ९ रूपैयाँसम्मकाे थियाे ।






