फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा

काठमाडौं । युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ ।

करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगानाहरु अनलाइन ह्याकिङ फोरममा सार्वजनिक भएका छन् ।

Read More
  • MBL - below news