१३ मंसिर, काठमाडौं । मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ उत्पादन गर्ने प्रतिष्ठानहरुले अनिवार्य रुपमा विद्युतीय बिजक (ई-बिलिङ) जारी गर्नु पर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले १ माघ २०७९ देखि लागु हुने गरी यस्तो प्रावधान ल्याएको हो । यस्तो प्रावधान कार्यान्वयनमा आएसँगै यस्ता प्रतिष्ठानको कारोबारको विवरण अब विभागले ‘रियल टाइम’ यथार्थ रुपमा प्राप्त गर्नेछ । जसले राजस्व चुवाहट हुने सम्भावना न्यूनीकरण हुने बताइएको छ ।
विभागले तोकेको मापदण्ड, शर्त र प्रक्रियाको अधिनमा रही यस्तो उद्योगले अब अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार अब मदिरा, बियर, वाइन र स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानले विद्युतीय बिजक जारी गर्नुपर्छ । चुरोट उत्पादन गर्ने सबै प्रतिष्ठान यो सूचीमा राखिएको छ । गुट्खा उद्योगसमेत यो सूचिमा समेटिएको छ । ...








