भारतमा डिजिटल कर्जा तिव्र रुपमा बढ्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा डिजिटल कर्जा तिव्र रुपमा बढ्दै

एजेन्सी । भारतमा डिजिटल कर्जा तिब्र गतिमा बढिरहेको छ । अनलाइन आवेदन दिएर ऋण प्रशोधन गर्ने फिनटेक कम्पनीहरूले जुलाई–सेप्टेम्बर त्रैमासिकमा कुल १४,०१६ करोड रुपैयाँ भारु कर्जा प्रवाह गरेका छन्। यो गत वर्षको सोही त्रैमासिकमा यसरी वितरण गरिएको  ४,४३५ करोड रुपैयाँ ऋणको तीन गुणा  हो। डिजिटल ऋण भनेको वेब प्लेटफर्म वा मोबाइल एप्स मार्फत ऋण दिनु हो।

फिनटेक एसोसिएसन फर कन्ज्युमर एम्पावरमेन्ट (फेस) का अनुसार डिजिटल ल्यान्डिङ एप वा वेबसाइट मार्फत प्रवाह हुने कर्जाको संख्या र मूल्य दुवैमा तीव्र वृद्धि भएको छ । गत त्रैमासमा कुल १ अर्ब ६३ करोड रुपैयाँ भारु कर्जा प्रवाह भएको छ । यो गत वर्षको सेप्टेम्बर त्रैमासमा प्रवाहित कर्जाको तुलनामा १४९ प्रतिशत बढी हो । साथै, त्रैमासिक अवधिमा प्रवाहित कर्जाको औसत आकार पनि २७ प्रतिशतले बढेर ८,६०२ रुपैयाँ भारु पुगेको छ।

Read More
  • MBL - below news