नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा मंसिर ८ गते सभा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ ।








