सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल जीवन बीमक संघ नेपालको अध्यक्ष बन्ने भएका छन्। जीवन बीमक संघको हिजो बसेको कार्यसमितिको पुर्वतयारी बैठकले संघका उपाध्यक्ष समेत रहेका पौडेललाई अध्यक्ष बनाउने बिषयमा सहमति गरेको हो।
सामान्यतया उपाध्यक्ष रहेका व्यक्तिलाई नै अध्यक्ष बनाउने अभ्यास अनुसार नै पौडेललाई नै अध्यक्ष बनाउने कुरामा सहमति जुटेको कार्यसमिति एक सदस्यले बिजपाटीलाई बताए। भोलि काठमान्डूमा हुने जीवन बीमक संघको तेस्रो बार्षिक साधारणसभाले संघको अध्यक्षमा पौडेललाई अनुमोदन गर्नेछ। पौडेल सिटिजन लाइफको सीइओ हुनु अगाडी मेट लाइफमा डेपुटी सीइओ थिए।







