काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता बुधबार भएको छ । कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साथै दुबै बैंकका संचालक समितिहरुले १स्१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।
असोज १० गते संयुक्त मर्जर समितिले बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न गरेको थियो । उक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरेको आधारमा १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरी संचालक समितिको अनुमोदन हो । बैंकको संचालक समितिको मंसिर १ गते बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।





