ब्याजदर वृद्धि फिर्ता लिन नेपाल लाइफका उच्च तहकाे बेवास्ता, आन्दोलनमा उत्रिने युनियनकाे चेतावनी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्याजदर वृद्धि फिर्ता लिन नेपाल लाइफका उच्च तहकाे बेवास्ता, आन्दोलनमा उत्रिने युनियनकाे चेतावनी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्याजदर वृद्धि फिर्ता लिने म्याद आज सकिँदैछ । कम्पनीकाे सञ्चालक समितिले गरेको बीमालेख धितोकर्जाको ब्याजदर वृद्धि फिर्ता लिनको लागी पेशागत अभिकर्ता संघले दिएको समय सीमा आज सकिने भएपनि उच्च तहले बेववास्ता गरिएकाे पाइएकाे छ । कम्पनीकाे व्यवस्थापन समिति एवमं सञ्चालक समितिले व्यतित बीमालेखमा ब्याज छुटको अवधि थप गर्ने बाहेकका अन्य कुनै पनि माग पुरा गरेको छैन ।

यता पेशागत अभिकर्ता संघले भने माग पुरा नभए आन्दोलनमा उत्रिएर सेवा ठप्प पार्ने चेतावनी यसअघि नै दिई सकेको छ । यही कार्तिक २३ गते नेपाल लाईफ पेशागत अभिकर्ता संघले कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली समक्ष बीमालेख कर्जा ब्याजदरमा गरिएको वृद्धि फिर्ता लिन, व्यतित बीमालेख पूनर्जागरणको समयावधि थप गर्न लगायतको माग पेश गरेको थियो ।

Read More
  • MBL - below news