एभरेष्ट बैंकको साधारण सभा मंसिर २६ गते, के–के छन् एजेण्डा ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको साधारण सभा मंसिर २६ गते, के–के छन् एजेण्डा ?

काठमाडौं / एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले आफ्नो २८औं वार्षिक साधारण सभा मंसिर २६ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा गर्ने भएको हो । 

सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

Read More
  • MBL - below news