काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्म ५४ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो दावी गरिएको नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक बर्षको तीन महिनामै ५४ अर्ब ७६ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी भएको कम्पनीको जिकिर छ । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५ अर्ब तीन करोड रुपैयाँ मृत्यु दाबी, १५ अर्ब २६ करोड रुपैयाँ अवधि समाप्ति दावी भुक्तानी र १८ अर्ब ५३ करोड अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ ।
यसका साथसाथै अन्य शीर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग वापतको सुविधा र दुर्घट्ना मृत्यु लाभ सुविधा अन्तर्गत १५ अर्ब ९४ करोड रुपैयाँ कम्पनीले दावी भुक्तानी गरिसकेको छ ।








