‘रेमिट्यान्सलाई पूरै डिजिटल गरे १८ अर्बभन्दा बढी जोगिन्छ’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘रेमिट्यान्सलाई पूरै डिजिटल गरे १८ अर्बभन्दा बढी जोगिन्छ’

कुनै समय थियो, विदेशबाट नेपालमा पैसा पठाउँदा महिनौं लाग्ने मात्रै होइन, पठाउने र पाउने दुवैले अनेक झन्झट र सास्ती बेहोर्नुपर्थ्यो । अहिले डिजिटल माध्यम प्रयोग गरी विदेशबाट रकम पठाउँदा बढीमा ३ मिनेटभित्र प्राप्त हुन्छ ।

नेपालमा डिजिटल रेमिट्यान्स क्षेत्रका प्रमुखमध्ये एक ई–सेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्न देशव्यापी अभियान नै सञ्चालन गरिरहेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालासँग डिजिटल रेमिट्यान्सका विविध विषयवस्तुमाथि केन्द्रित रहेर सजना बरालले गरेको कुराकानीको सम्पादित अंश :

डिजिटल रेमिट्यान्स भनेको के हो, यसले कसरी काम गर्छ ? साधारण रेमिट्यान्सभन्दा यो कसरी फरक छ ?

सजिलो भाषामा भन्दा, नगदरहित रेमिट्यान्स नै डिजिटल रेमिट्यान्स हो । विदेशमा रहेका नेपालीले इन्टरनेट प्रयोग गरी मोबाइल एप, वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट कुनै पनि बैंक वा वालेटमा पैसा पठाउने पद्धति डिजिटल रेमिट्यान्स हो । यो छिटो, सरल, कम खर्चिलो र पारदर्शी हुन्छ । परम्परागत शैलीले रेमिट्यान्स पठाउँदा धेरै शुल्क लाग्छ । त्यसले खर्च बढ्छ । काउन्टरसम्म जाँदा समय र परिश्रम खर्च हुन्छ । कहिलेकाहीँ लुटपाटमा परिने जस्ता जोखिम पनि हुन्छन् । परम्परागत तरिकाले पैसा पठाउँदा एजेन्ट, काउन्टरलगायतलाई शुल्क तिर्नुपर्छ । यसले खर्च बढाउँछ । मोबाइल वालेट वा एपबाट पैसा पठाए त्यो खर्च जोगिने भएकाले थोरै मात्र पैसा पठाउँदा पनि त्यसको प्रतिफल धेरै हुन जान्छ । तर डिजिटल माध्यमबाट पैसा पठाए ‘थोरै पठाई धेरै प्राप्त’ गर्न सकिन्छ ।

Read More
  • MBL - below news