अमेरिकामा टिकटक प्रयोगकर्ताले 'टिकटक सप'मार्फत् आफूलाई चाहिएको सामान खरिद गर्न सक्छन् । पहिला बेलायत र दक्षिणपूर्वी एसियाका सातवटा देशमा मात्रै उपलब्ध 'टिकटक सप' फिचर हालै अमेरिकामा पनि विस्तार गरिएको हो । थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स लगायत देशमा टिकटक सपबाट सामान खरिदबिक्री गर्न सकिन्छ ।
टिकटक सञ्चालन गर्ने बाइटडान्स कम्पनीले अमेरिकाका व्यापारीलाई टिकटक सपमा आबद्ध हुन अनुरोध गरिरहेको छ । हाल टिकटकमार्फत् विज्ञापन गरेर वेबसाइटबाट सामान किन्नुपरेता पनि विस्तारै टिकटक प्लाटफर्मबाटै सामान बेच्ने सुविधा सुरु गरिने कम्पनीले जनाएको छ । सपिङ र गेमिङजस्ता आयका स्रोतबाट थप आम्दानी गर्न कम्पनीले गत हप्ता अमेरिकास्थित आफ्ना कर्मचारीहरू हेरफेर गरेको थियो ।







