कामना सेवा विकास बैंकद्वारा ४०३ युनिट रगत संकलन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकास बैंकद्वारा ४०३ युनिट रगत संकलन

 

कामना सेवा विकास बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा ४०३ युनिट रगत संकलन गरेको छ । कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा सञ्चालित रक्तदान कार्यक्रमबाट ४०३ युनिट रगत संकलन गरिएको हो । 

सो क्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री वितरण, वित्तीय साक्षरता अभियान, खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको बैंकको भनाइ छ । 

Read More
  • MBL