सुर्या लाईफ कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आज होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजेदेखि सुरु हुँदैछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरलाई कुनै लाभांश घोषणा गरेको छैन ।
सभाले कम्पनी ज्योति लाईफ इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । मर्जरका लागि कायम भएको १ः८२४५ को स्वाप रेसियोलाई समेत सभाले पारित गर्नेछ । ज्योतीलाईफको १०० कित्ता सेयर भएको सेयरधनीहरुले मर्जर पछि बन्ने कम्पनीको ८२.४५ कित्ता सेयर पाँउनेछन् । मर्जर पछि बन्ने कम्पनीको नाम सूर्यज्योती लाईफ इन्स्यारेन्स हुनेछ । ...








