ट्विटरले अचानक किन बन्द गर्‍यो ट्विटर ब्लुको पैसा लिन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्विटरले अचानक किन बन्द गर्‍यो ट्विटर ब्लुको पैसा लिन ?

काठमाडौ । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट ट्विटरले ट्विटरमा अकाउन्ट भेरिफिकेसन ब्लु टिकका लागि मासिक ८ डलर लिन बन्द गरेको छ ।

अमेरिकी खर्बपति व्यापारी एलन मस्कले ट्विटर किनेयता उनले गरेको ठूलो फैसला कम्पनीले फिर्ता गरेको यो पहिलो पटक हो । मस्कले गत हप्ता मात्रै ब्लु टिकको लागि भुक्तानी लिने नयाँ नियम शुरु गरेका थिए । तर हालका लागि सो नियम रोकिएको छ ।

ब्लु टिक सब्सक्रिप्शन लागू भएपछि कयौं ब्रान्डका नक्कली खाता बनेका थिए भने कम्पनीले ति खातालाई ब्लु टिक पनि दिएको थियो । फलतः नक्कली खाता पनि असली जस्तै देखिन थालेका थिए । 

मस्कले ट्विटर किन्नु अगाडि ब्लु टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले मात्रै पाउँथे । तर मस्कले कम्पनीको आय बढाउन नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक लिन सक्ने बनाए ।

Read More
  • MBL - below news