कुमारी बैंक र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंक र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता

कुमारी बैंक लिमिटेड र  काठमाण्डौं वडा नं. १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” (The Himalayan Grill by Bajeko) बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा QR मार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । द हिमालयन गृल बाइ बाजेको को तर्फ बाट संचालक श्री मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फ बाट रिटेल बैंकिङ्ग प्रमुख श्री अन्जना मिश्रले हस्ताक्षार गर्नुभएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा QR प्रयोगकर्ताहरुले The Himalayan Grill by Bajeko को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Read More
  • MBL