सूचना प्रविधिमा भएको तीव्र विकासले अनगिन्ती अवसरहरु ल्याएको छ तथापि अवसरसँगै चुनौती तथा जोखिम बढ्दै गएको छ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति, समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहने क्रम बढ्दो मात्रामा पाहिएको छ।
पछिल्लो समय कोभिड महामारी यता नेपालमा बैंक, वित्तीय संस्थाहरु तथा भुक्तानी सेवाप्रदायकहरुले प्रयोगकर्तालाई डिजिटल माध्यममा कारोबार गर्न धेरै प्रोत्साहन गरिरहेका छन् । सूचना प्रविधिहरुमाथिको अनाधिकृत पहुँच, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबार आक्रमणबाट हुन सक्ने आर्थिक क्षतिलाई रोक्न, न्यूनीकरण गर्न र भविष्यमा हुने अर्थिक जोखिमबाट सुरक्षित रहन आवश्यक देखिन्छ । हामीले डिजिटल साक्षरताको ज्ञान हाँसिल गरी हाम्रो दैनिक व्यवहारमा प्रभावकारी प्रयोग गर्न सके यस्ता डिजिटल कारोबारमा हुने वित्तीय अपराधकाबाट आफुलाई सुरक्षित राख्न सकिन्छ ।
कम्प्युटर, ल्यापटप, मोबाइलमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन, Two Factor Authentication, मोबाइल नम्बर, ओटिपि, बाायोमेट्रिक लक फिङ्गर प्रिन्टको प्रयोग गर्ने गर्नुपर्दछ ।
त्यसैले डिजिटल बैंकिङ प्रयोग गर्दा आफ्नो पासवर्ड र पिनकोर्ड गोप्य राख्ने, समय समयमा परिवर्तन गर्ने गर्नुपर्छ। सार्वजनिक स्थलमा उपलब्ध हुने निःशुल्क वाइफाइ, कम्प्युटरजस्तो साइबर प्रयोग गरी अनलाइन बैंकिङ सेवा प्रयोग गर्नु हुँदैन । आफ्नो बैंक स्टेटमेन्ट नियमित रुपमा चेक गर्ने र कुनै पनि कारोबारको तत्काल सूचना पाउन मोबाइलमा एसएमएस/इमेल नोटिफिकेसन्स आउने सुविधा प्रयोग गर्नु पर्दछ ।
आफुले प्रयोग गर्ने बैंकको अनलाइन बैंकिङ सम्बन्धी नियम प्रक्रियाबारे जानकारी लिने, अनलाइन बैंकिङका लागि आधिकारी वेबसाइट प्रयोग गर्ने, आफूले प्रयोग गर्ने स्मार्टफोन र अन्य डिभाइसमा भेरिफाइड तथा सुरक्षित एपहरु मात्र राख्ने गर्नु पर्दछ । कम्प्युटर, ल्यापटप, मोबाइलमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन, Two Factor Authentication, मोबाइल नम्बर, ओटिपि, बाायोमेट्रिक लक फिङ्गर प्रिन्टको प्रयोग गर्ने गर्नुपर्दछ ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी Internet Banking अथवा Mobile Banking को ग्कभच ल्बmभ तथा एबककधयचम माग्ने, नक्कली ध्भदकष्तभ बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिट्टा परेकोभनी लोभ देखाई उक्त चिट्टा वा उपहार रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुजरुरी देखिन्छ ।
तपाईँको खाता रहेको बैंकले तपाईंलाई संवेदनशील जानकारी जस्तो पासवर्ड, पिन कोड, सिभिसी, ओटिपीजस्ता विवरण नमाग्ने हुँदा फेक कल/स्क्यामहरुबाट बच्नुपर्छ।
आर्थिक प्रलोभनमा परी बैंकसँग सम्बन्धित आफ्नो व्यक्तिगत विवरणहरु जस्तै, पिन नम्बर, खाता नम्बर, कार्ड नम्बर, पासवर्ड, पिन कोड, सिभिसी, ओटिपी, जन्ममिति, नागरिकता नम्बर मागेर ठगी गर्न सक्छन् । यस्तो गोप्य विवरण कसैलाई दिनुहुँदैन।
...








