लुम्बिनी विकास बैंक र नेशनल प्याब्सन – मधेश प्रदेश समितीबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक र नेशनल प्याब्सन – मधेश प्रदेश समितीबीच सम्झौता

लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितीबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुबिधा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरी, नेशनल प्याब्सन मधेश प्रदेश समितीका प्रदेश सचिव जितेन्द्र प्रसाद यादव, सह सचिव के. एस. फिजिसियन, सदस्यहरु मालती कुमाल, विजय यादव, बसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ, सचिव प्रमोद सहनि, कोषाध्यक्ष राजेश लिम्बु, सोना लाल पटेल, उत्तम गुप्ता लगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रभाव गर्दै आईराखेको छ । निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको बैंकले जनाएको छ । बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।
 

Read More
  • MBL - below news