कुमारी बैंकको बाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मिति २०७९ कार्तिक् २१ गते सोमबार केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौँ स्थित संचालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब. राणाज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.व. २०७८/७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण प्रस्तुत गरिएको थियो । त्यस्तै बैंकले आ.व. २०७९/८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरि बैंकका शेयरधनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२।५० प्रतिशत (बाह्र दशमलव पाँच प्रतिशत० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
कुमारी बैंकका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा ATM हरु मार्फत ग्राहकहरुलाई विविध प्रकारका नवीनतम् एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगबाट वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको, Visa Electron, डलर डेबिट कार्डहरु नेपाल, भारत र संसारभरि नै VISA संजाल मार्फत पहुँचगम्य भएको, साथै नवीनतम् प्रविधिको उपयोग गर्दै कुमारी फोनपे कर्जा सेवा प्रदान गर्दै आएको छ ।
कुमारी बैंकको आ।व।२०७८/७९ मा चुक्ता पूँजी रु। १४ अर्व ७१ करोड भन्दा बढी रहेको छ भने आ।व।२०७९र८० को प्रथम त्रैमाससम्म निक्षेप रु।१ खर्व ७३ अर्व र कर्जा, सापटी तथा अधिविकर्ष रु।१ खर्व ६१ अर्व तथा नाफा रु। १ अर्ब १४ लाख रहेको छ ।
कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल बैकिङ्ग सेवा दिने बैंकले जनाएको छ ।





