काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट–पे’ को मासिक औसत कारोबार ३५ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस्तै मासिक कारोबार संख्या पनि १ लाख नाघेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा कारोबार संख्याको आधारमा ५ गुणा र कारोबार रकम आधारमा १० गुणा बढी रहेको जनाएको छ ।
चालु आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २८६ वटा कारोबार मार्फत ३२ अर्बको कारोबार हुँदा भदौमा केही घटेर ९६ हजार ४१५ वटा कारोबार मार्फत ३१ अर्ब ५८ करोड ७० लाख र असोजमा १ लाख ६ हजार ४४८ वटा कारोबार हुँदा ३४ खर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।








