मस्क मालिक बनेसँगै ट्विटरको जागिर छोड्दै उच्च कर्मचारी, विज्ञापन रोक्दै विज्ञापनदाता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मस्क मालिक बनेसँगै ट्विटरको जागिर छोड्दै उच्च कर्मचारी, विज्ञापन रोक्दै विज्ञापनदाता

ट्विटरको स्वामित्व एलन मस्कले लिएसँगै उच्चपदस्थ कर्मचारी तथा विज्ञापनदाताले ट्विटरसँगको सहकार्यलाई अन्त्य गर्न थालेका छन्। ट्विटरको स्वरूप तथा प्रशासनमा परिमार्जन गर्ने मस्कको योजनाका कारण विज्ञापनादाता तथा उच्चपदस्थ कर्मचारीले ट्विटरसँगको सहकार्य छोड्न लागेका छन्।  

हालसम्म पाँच उच्चपदस्थ अधिकारीले ट्विटर छाडेका छन्। ट्विटर त्याग्नेमा बजार व्यवस्थापक प्रमुख, ग्राहक व्यवस्थापन प्रमुख, मानव संशाधनमा विविधताका विषय हेर्ने प्रमुखलगायत छन्। आगामी दिनमा अरूले पनि ट्विटर छोड्न सक्ने बताइएको छ। 

मस्क ट्विटरको मालिक बनेसँगै आयको ९० प्रतिशत योगदान गर्ने विज्ञापनदाताले पनि साथ छोड्न लागेका छन्। मस्कले ट्विटरको विषयवस्तुबारे नीति परिमार्जन गरेसँगै त्यहाँबाट अफवाह फैलिन सक्ने चिन्ताले विज्ञापनदाताहरूले सहकार्य अन्त्य गर्न खोज्दै छन्। 

Read More
  • MBL - below news