सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरको प्रमाणीकरण शुल्क कम राखिने भएको छ ।
यसअघि प्रमाणीकृत खाताका लागि मासिक १९ डलर ९९ सेन्ट तिराउने योजनाको चर्को आलोचना भएपछि कम्पनीका नयाँ मालिक मस्कले मासिक ८ डलर मात्रै तिराउने बताएका छन् । यसबारे कम्पनीका नयाँ नयाँ मालिक एलन मस्कले आफैं ट्वीट गरेर यस्तो बताएका हुन् । ब्लु टिकका लागि प्रयोगकर्ताले हरेक महिना ८ डलर (१ हजार ६२ रुपैयाँ) तिर्नु पर्नेछ ।
ट्वीटरमा ब्लु टिक प्रमाणीकरण विधि वाहियात र भ्रामक रहेको भन्दै मस्कले आइतवार प्रमाणीकरणको सम्पूर्ण प्रक्रियामा फेरबदल गर्ने बताएका थिए । प्रयोगकर्ताले ८ डलर तिरेर ब्लु टिक लिएमा उसलाई जवाफ, खोजी र उल्लेखमा प्राथमिकता दिइने बताइएको छ । लामो भिडियो र अडियो पोस्ट गर्ने सुविधा पनि उनीहरुले पाउने र विज्ञापन पनि पहिलेको भन्दा आधा हुने बताइएको छ ।








