महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ । 

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो  ।

ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु.एक सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ । 

Read More
  • MBL - below news