भारतमा डिजिटल रुपैयाँको ‘पाइलट प्रोजेक्ट’ आजबाट सुरु, एक महिनाभित्रै खुद्रा प्रयोजन पनि सुरु हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा डिजिटल रुपैयाँको ‘पाइलट प्रोजेक्ट’ आजबाट सुरु, एक महिनाभित्रै खुद्रा प्रयोजन पनि सुरु हुने

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबार (कात्तिक १५ गते) देखि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको छ । आरबीआईले पहिलो चरणमा ‘होलसेल सेगमेन्ट’ का लागि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालनमा ल्याएको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ । यससँगै आरबीआई आफ्नै भर्चुअल मुद्राको पाइलट प्रोजेक्ट सुरु गर्ने विश्वको प्रमुख केन्द्रीय बैंकमध्ये एक बनेको छ । 

 

मंगलबारदेखि थोक डिजिटल रुपैयाँ परीक्षणको आधारमा प्रयोग गरिने भारतको केन्द्रीय बैंकले जानकारी गराएको छ । प्रारम्भिक चरणमा सरकारी धितोपत्रहरुको कारोबार सेटलमेन्टका लागि डिजिटल रुपैयाँको प्रयोग गरिने भएको छ । डिजिटल रुपैयाको खुद्रा संस्करणको लागि पाइलट प्रोजेक्ट भने आगामी एक महिनाभित्रै सञ्चालनमा ल्याइने आरबीआईले जानकारी गराएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

Read More
  • MBL - below news