डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, एक वर्षमै ४८ लाख जना थपिए वालेट प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, एक वर्षमै ४८ लाख जना थपिए वालेट प्रयोगकर्ता

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भएको हो । 

पाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा ४८ लाख भन्दा बढी वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको भदौ महिनाको तुलनामा यस वर्षको गत महिनासम्ममा ४८ लाख ८९ हजार २५६ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । गत वर्षको भदौ महिनासम्म ९६ लाख ३५ हजार ८८८ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता ५०.७४ प्रतिशतले बढेर यस वर्षको भदौ महिनासम्म आइपुग्दा एक करोड ४५ लाख २५ हजार १४४ जना पुगेका हुन् । 

Read More
  • MBL - below news