अकाउन्ट भेरिफिकेशनका लागि मासिक २० डलर तिराउने योजनामा ट्वीटर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अकाउन्ट भेरिफिकेशनका लागि मासिक २० डलर तिराउने योजनामा ट्वीटर

सन फ्रान्सिस्को (अमेरिका) । माइक्रो ब्लगिङ वेबसाइट ट्वीटर ले प्रयोगकर्ताहरुको प्रमाणीकरण (भेरिफिकेशन) प्रक्रिया परिमार्जन गर्ने भएको छ । कम्पनीले ट्विटर ब्लुको नयाँ सब्सक्रिप्शनका लागि झन्डै २० डलर शुल्क तिराउने योजना बनाइरहेको छ ।

अमेरिकी खर्बपति व्यापारी एलन मस्कले एक युजरको ट्वीटमा कमेन्ट गर्दै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने भनेर लेखेका थिए । उनको सो कमेन्टपछि अहिले यसबारे विश्वभर बहस भइरहेको छ । मस्कले यसबारे विस्तृतमा चाँहि केही उल्लेख गरेका छैनन् ।

सञ्चार माध्यमहरुमा छापिएका समाचारहरुका अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ । ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९ डलर ९९ सेन्ट र भेरिफाइड भइसकेपछि मासिक ४ डलर ९९ सेन्ट तिर्नुपर्ने हुन्छ ।

Read More
  • MBL - below news