एभरेष्ट बैंकद्धारा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकद्धारा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बिहान ७ः३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन भएको थियो । 

सो कार्यक्रमको उदघाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न  तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङ्गको विषयवस्तु पुरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले कुनै पनि समय र स्थानबाट र्बैंकिङ्ग सेवा लिन तथा आफ्नो नियन्त्रणमा राख्न सक्ने कुरा बताए । ...

Read More
  • MBL - below news