कुमारी बैंकको विशेष योजना, मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको विशेष योजना, मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्नेछन् ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणा सम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ । 


मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।
 

Read More