तिहार तथा छठमा कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लाग् हुने कनेक्टआइपिएसले जनाएको छ ।
कनेक्टआइपिएसका अनुसार चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ती एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो। फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग-इन गरी, fund transfer वा send money मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न connectIPS लाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्टआइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआइपिएस मा छट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्टआइपिएस मार्फत प्रति दिन प्रति कारोबार रु २ लाख सम्मको फण्ड टान्सफर गर्न सकिन्छ ।







