काठमाडौँ / सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार राजधानीमा एक विशेष कार्यक्रमकाबीच दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौता पत्रमा दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय÷क्षेत्रीय प्रमुख तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । दुवै कम्पनी विच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गत असार १२ गते सम्पन्न भइ बीमा समितिबाट असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरूबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भई मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।








