एभरेष्ट बैंकको २८ औं वार्षिकउत्सवः कर्मचारीलाई सम्मान र सामाजिक सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको २८ औं वार्षिकउत्सवः कर्मचारीलाई सम्मान र सामाजिक सहयोग

काठमाडौँ / एभरेष्ट बैंकले आफ्नो स्थापनाको २८ औ वार्षिक उत्सव मनाएको छ ।

बैंकले विशेष कार्यक्रमकाबिच आफ्नो स्थापनाको २८ औ वार्षिक उत्सव मनाएको छ ।

सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । 

उक्त आयोजनामा बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुकाबिचमा सम्पन्न कार्यक्रममा बैंकले बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान समेत गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त कार्यक्रमका बिच सो चेक हस्तान्तरण गरेका हुन् । 

Read More
  • MBL - below news