आईएमई लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशनको लागि बीमा समितिबाट स्वीकृति पाएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद वापतको रकम जम्मा गर्न सुचना जारी गरेको छ ।
कम्पनीले मङ्सिर ५ गतेसम्म साविकका शेयरधनीलाई हकप्रद वापतको रकम कम्पनीले तोकेको बैंक खातामा बुझाउन आग्रह गरेको हो । शेयर लगानी फारम कम्पनीको वेबसाइटमा रहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीको असोज २६ गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले थप पुँजी माग गर्ने निर्णय गरेको हो । ...







