ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन, नबिलले मायो स्टक डिलरको लाईसेन्स


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन, नबिलले मायो स्टक डिलरको लाईसेन्स

नयाँ ब्रोकरको लाईसेन्सको लागि आवेदन दिने आज असोज ३१ गते अन्तिम दिन रहेको छ । बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो । उक्त मिति आज सकिँदै छ।

हाल ब्रोकर कम्पनीहरुले ब्रोकर लाईसेन्सको लागि आवेदन दिनको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट धमाधम सिफारिस लिँदै छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ३५ कम्पनीले ब्रोकर कम्पनीको लाईसेन्सको लागि सिफारिस लिई सकेका छन् ।

सिफारिस लिएका जति सबै कम्पनीले भने नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छैनन् । आज आवेदन दिने अन्तिम दिन रहेकोले आज उनीहरुले आवेदन दिने छन्। ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले सिफारिस माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड प्रवक्ता रुपेश केसीले आवेदन दिन आउँदा नेप्सेको सिफारिस पत्र पनि आवश्यक पर्ने बताए । आवश्यक कागजात मध्ये एउटा कागजात नेप्सेको सिफारिस पत्र पनि रहेको उनले उल्लेख गरेका हुन्  । 

Read More