काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आइओएस)का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।
नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी दावी गरेको नेपाल लाइफको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहकाबीच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरे ।
परिस्कृत र नयाँ सुविधाहरूसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन् ।
सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ ।
एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमा सँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कुरा इन्स्योरेन्सले जनाएको छ ।








