विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा गत शुक्रबार सम्पन्न भएको हो ।
धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Security Risk Management and Legal Issues विषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको हो । विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO) को आव्हनमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा सेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।






