सामाजिक सञ्जालमार्फत प्रचारमा कडाइ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जालमार्फत प्रचारमा कडाइ

काठमाडौं : ‘रौतहटको क्षेत्र नम्बर ३ मा दुई पात्र बीच चुनावी भिडन्त हुने भयो, कसले बाजी मार्ला ?’ प्रश्न गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोल बनाएर मत सर्वेक्षण भइरहेको छ। स्वतन्त्र (पूर्व नेकपा एमालेका नेता) उम्मेदवार प्रभू साह, नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र यादव लगायतको नाममा मत विभाजन भइरहँदा यो पोस्ट्मा १ हजार ५ सय ८५ जनाले भोट गरेको देखिन्छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदा यस्ता मत सर्वेक्षण गर्ने क्रम बढेको देखिन्छ। तर, यो आचारसंहिता विपरीत हो। 

उम्मेदवारी दर्ता गरेसँगै सामाजिक सञ्जालबाट मत सर्वेक्षण गर्ने क्रम बढेको छ। यसले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वासनीयतामा चुनौती थपिएको छ। आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईका अनुसार निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त)  मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न पाइँदैन।
 

Read More
  • MBL - below news