भदौ ३१ बाट सुरु भएको एमडीएमएसले अझै गरेन काम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भदौ ३१ बाट सुरु भएको एमडीएमएसले अझै गरेन काम

 

नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौ ३१ गतेबाट मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) लागू भएको घोषणा गर्‍यो । भदौ ३१ गतेभन्दा पछाडि नेपालमा ल्याइएको मोबाइल एमडीएमएसमा दर्ता नभए नचल्ने पनि भनियो । तत्कालका लागि १५ दिनसम्म चल्ने र त्यसपछि पनि दर्ता नभए सेवा बन्द गरिने दाबी गरिएको थियो ।

तर प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरेको एक महिना हुन लाग्दा पनि भदौ ३१ गतेपछाडि एमडीएमएसमा दर्ता नगरी नेपाल ल्याइएको मोबाइल पनि निर्वाधरुपमा चलिरहेका छन् । एक प्रयोगकर्ता अर्जुनकर्ता अर्जुन अधिकारीले रातोपाटीसँग भने, ‘भदौ ३१ गते पछाडि नेपाल ल्याएको मोबाइल १५ दिनपछि नचल्ने भनिएको थियो,तर असोज १ गते नेपाल ल्याएर सिम हालेको मोबाइल बिना अवरोध अझै चलिरहेको छ । एमडीएमएस प्रणाली लागू भइसकेको रहेनछ ।

Read More
  • MBL - below news