पछिल्लो केहिदिन यता सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । फेसबुकमा आएको समस्याका कारण फेसबुकका संस्थापकदेखि सेलिब्रेटीसम्मका फेसबुक फलोअर्स घट्न थालेको छ ।
फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफैं यो समस्याको सिकार बनेका छन्। उनको ९ करोड हाराहारी फलोवर्स अहिले अहिले ९ हजार ९९९ मा झरेको छ।
त्यस्तै सेलिब्रेटीसम्मको पनि फलोअर्स घटेको छ । सरकारका पूर्वसचिव भिम उपाध्यायले पनि आफ्नो पेजमा झन्डै तीन लाख फलोअर्स घटेको प्रतिक्रिया दिएका छन ।
यसअघि पनि फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो फलोअर्स उल्लेख्य संख्यामा घटेको भन्दै गुनासो गर्दै आएका थिए। फेसबुका संस्थापक जुकरवर्गकै फलोअर्स ह्वातै घटेपछि फेसबुक नै प्रश्न उठेको छ।








