डिजिटल दक्षिणा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल दक्षिणा

दसैंको दक्षिणा बैंक खातामा पठाइदिनेदेखि घरायसी सामग्री किन्दासम्म ई–पेमेन्ट सजिलो

काठमाडौँ — यसपालिको सोह्र श्राद्धमा पण्डित नीरु बरालले १४ घरमा श्राद्ध गरे । तीमध्ये पाँच वटा घरमा मोबाइलबाट गुरुदक्षिणा प्राप्त गरे । ‘पोहोर पनि एक जना यजमानले मोबाइलबाट मेरो बैंक खातामा दक्षिणा जम्मा गरिदिएका थिए,’ कपन बस्ने पण्डित बरालले भने, ‘यसपालि ई–सेवा, खल्ती, कनेक्ट आईपीएस छ कि छैन भनेर धेरै यजमानले मलाई सोध्नुभयो ।’

पूजापाठ गराउन थालेको एक दशकमा कोरोना महामारीपछि मात्रै मोबाइलबाट दक्षिणा पाउन थालेको उनले बताए । पहिला–पहिला खाममा हालेर दक्षिणा पाइने गरेकामा अचेल बैंक खातामा सीधै जम्मा हुँदा सजिलो हुने बरालको भनाइ छ । ‘आजभोलि हरेक कर्मकाण्डमा गौदान र भेटीबाहेक गुरुलाई दिने द्रव्य मोबाइलबाट पठाउने चलन आएको छ,’ उनले भने, ‘यो राम्रै हो, पैसा बचत गर्न सजिलो हुन्छ ।’ पोहोरको दसैंमा बुढानीलकण्ठका मोहनकुमार दाहालले आफन्तजनलाई खाममा पैसा हालेर दक्षिणा दिएनन् । सबैलाई मोबाइलबाट ट्रान्सफर गरिदिए । यसपालि पनि उनले पाँच र दस रुपैयाँका बाहेक नयाँ नोट लिएका छैनन् । आफूले दक्षिणा दिनुपर्ने सबैलाई मोबाइलमै पठाइदिने बताए । ...

Read More
  • MBL - below news