काठमाडौं । हाल सञ्चालनमा ब्रोकर कम्पनीहरूमध्ये १६ ओटा कम्पनीहरूले नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस ) चलाउने भएका छन् ।
५० ओटा ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा टिएमएस प्रयोगका सम्बन्धमा जानकारी दिंदै निवेदन पेश गरेका छन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ५० ब्रोकर कम्पनीहरूमध्ये १६ ओटा कम्पनी नेप्सेकै टिएमएस चलाउन इच्छुक रहेको बताए । यी बाहेक ३३ ब्रोकरले श्रीलंकन कम्पनीको र एक ब्रोकरले भारतीय कम्पनीको टिएमएस प्रयोग गर्ने विवरण नेप्सेमा पेश गरेको उनले बताए ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयनमा आएसँगै ब्रोकरहरूले आफ्नो इच्क्षा अनुसारको टिएमएस चलाउन पाउने उनको भनाइ छ । ३३ ब्रोकरहरूले श्रीलङ्काको ironone कम्पनीको र एक ब्रोकर कम्पनीले भारतीय डिएन ग्लोबल सोलुसन कम्पनीको टिएमएस प्रयोग गर्ने जानकारी दिंदै निवेदन दिएको उनको भनाइ छ । ब्रोकरहरूले दिएको निवेदन उपर जाँचबुझका लागि कमिटिनै गठन गरेर काम भरहेको जानकारी समेत उनले दिए ।
‘नेप्सेकै टिएमएस प्रयोग गर्ने इच्छा गरेका ब्रोकरहरू वाहेकका ब्रोकरहरूलाई आशय पत्र प्रदान गरिसकेका छौं’, उनले भने, ‘अब उनिहरुले सिष्टम डेभलपसहितका आवश्यक सम्पूर्ण काम गरिसकेपछि अन्तिम स्वीकृति दिनेछौं ।’ ...








