ठमेल रेमिट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ।
अब ठमेल रेमिटले 'तु रेमिट्यान्स सेवा'का लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपिएस) प्रयोग गर्ने भएको छ।
एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिने बताइएको छ।
नेशनल पेमेन्ट स्विचसँगको सहकार्यबाट आफूहरू उत्साहित भएको ठमेल रेमिटका सह–संस्थापक बाल के जोशीले बताए।








