दशैंका बेला धेरै एटीएम ‘आउट अफ सर्भिस’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दशैंका बेला धेरै एटीएम ‘आउट अफ सर्भिस’

१२ असोज, काठमाडौं । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटीएमहरुमा समस्या देखिएको छ । धेरै एटीएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

बैंकहरुले एटीएममा समयमा नगद नराख्दा र तथा एटीएम मर्मत नगर्दा चाडवाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ ।

बानेश्वरको एटीएम लाउन्जमा बैंकमा पैसा झिक्न आएका सन्देश पहाडी दुई तीन ठाउँ पुग्दा पनि आफूले सेवा लिने बैंको एटीएम मेसिनमा ‘आउट अफ सर्भिस’को नोटिस भेटिसकेको बताउँछन् । ‘यस्तो आपतका बेला छ, बैंकहरु एटीएम सेवा चुस्त छैन,’ उनी भन्छन्, ‘कतिपय बैंकममा एटीएममा अर्को बैंकको एटीएम सपोर्ट पनि गर्दैन ।’

Read More
  • MBL - below news