कामना सेवाको कार्डमा इ-कमर्स सुविधा, किनमेल गर्दा २० प्रतिशत छुट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवाको कार्डमा इ-कमर्स सुविधा, किनमेल गर्दा २० प्रतिशत छुट

कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा इ-कमर्स सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो इ-कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले मिति २०७९ साल असोज १० गते सोमबारदेखि यो सुविधा लागू गरेको हो ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन  आफ्नो नजिकैको शाखामा गई सजिलै इ-कमर्स सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इ-कमर्स सक्रिय कार्ड मार्फत सस्ताे डिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजार रूपैयाँसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

Read More
  • MBL