काठमाडैँ / राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच सम्झौता भएको छ ।
बैँक र कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दै आइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको हो ।
यही असोज ४ गते काठमान्डौंस्थित आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन् ।
अर्धवार्षिकरूपमा सञ्चालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पु¥याउँदै आइरहेको कलेजले बताएको छ ।








