काठमाडौं । एशोसियशन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स, नेपाल (एआईपीएन)ले आफ्नो पहिलो मासिक छलफल तथा अन्तरक्रिया गरेको छ । एआईपीएनले काठमाडौं, कमलपोखरीस्थित एनएलआईसी सिटी सेन्टरमा पहिलो मासिक छलफल र वित्तीय साक्षरता र लगानी सहजकताबारे अन्तरक्रिया गरेको हो ।
एआईपीएनले हालै ‘जलविद्युत् क्षेत्रमा एफडीआई जोखिम र हाइड्रोपावर परियोजनामा वित्त व्यवस्थापन’ शीर्षकमा प्रथम मासिक टक श्रृंखला शुुरु गरेको छ । उक्त शृंखलामा चार्टर्ड फाइनान्सियल एनालिस्ट एवं चार्टर्ड एकाउटेन्ट विकास काबरियाले सञ्चालन गरेका थिए ।








