एभरेष्ट बैंकले सुरू गर्यो इ–पैचो फोन लोन सुविधा, मोबाइलबाटै बिना धीतो कर्जा लिन सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकले सुरू गर्यो इ–पैचो फोन लोन सुविधा, मोबाइलबाटै बिना धीतो कर्जा लिन सकिने

एभरेष्ट बैंकले “इ–पैचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धीतो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

इ–पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ ।

बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ । 

Read More
  • MBL - below news